विभिन्न सयममा अपराध गरी फरार तीन अभियुक्तलाई पक्राउ

विभिन्न सयममा अपराध गरी फरार तीन अभियुक्तलाई पक्राउ

भाद्र ८,  जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न सयममा अपराधिक गतिविधिमा संलग्न भई फरार तीन अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका– ११, मधुरीका पल्ट साह सोनार, जीतपुर सिमरा उपमहानगरपालिका– २१ का सोनु दास बानियाँ र निजगढ नगरपालिका– ८ बस्ने दुर्गा देवी घिमिरे छन् ।

बाराको साविक गा.वि.स.मुधरी–४ बस्ने पल्ट साह सोनार ३० वर्षदेखि फरार अभियुक्त हुन् । फैसला सुनाएलगत्तै देखि फरार सोनार भदौ ५ गते गाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख मिरा चौधरीले जानकारी दिइन् ।

त्यसैगरी, पक्राउ परेका अर्का सोनु दास बानियाँ सरकारी छाप दस्तखत कीर्ते मुद्दाका दोषी हुन् । दुर्गादेवी लागू औषध मुद्दामा जिल्ला अदालत कलैयाबाट ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्