खोलाको बाढीले माइक्रो बस बग्यो

खोलाको बाढीले माइक्रो बस बग्यो

भाद्र ८, सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो ।

पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ । कतिपयले पैदलयात्रु र गाडीहरुले जोखिम मोलेरै बाढी तर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.