कांग्रेस पदाधिकारी बैठकले एजेन्डा तय

कांग्रेस पदाधिकारी बैठकले एजेन्डा तय

भाद्र ६, नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक अहिले बस्दैछ । पदाधिकारी बैठक बिहिबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्दै गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारी बैठकले शुक्रबार बिहान ११ बजे पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेछ । पदाधिकारी बैठकमा समसामयिक विषयमा कुराकानी हुने भनिए पनि महासमिति बैठकका लागि नै केन्द्रीत भएर एजेन्डा लैजाने स्रोतले बताएको छ ।

मुख्य सचिव पौडेलका अनुसार शुक्रबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकका लार्गि तयारी समितिहरु बन्नेछन् । मिति नै भने घोषणा हुने छैन ।

पार्टीमा महासमिति बैठक बोलाउन सभापति इतरको पक्षले जोड दिइरहेको छ । तर सभापति पक्षले भने त्यसलाई केही लम्ब्याउन खोजेको आरोप लगाइएको छ ।

डा महतका अनुसार केन्द्रीय सदस्यहरुले पनि खुलेर आफ्ना विचारहरु राख्ने भएकाले यो बैठक उपलब्धीमुलक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.