रणवीरले खुलेर आलियाको तारिफ, बिहे भने अलमलमा नै

रणवीरले खुलेर आलियाको तारिफ, बिहे भने अलमलमा नै

बलिउडमा सुपरस्टार भनेर चिनिने नायक रणवीर कपुर र आलिया भट्टको प्रेम अहिले चर्चामा छ । उनीहरुले चाँडै बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ । तर, रणवीरको भनाई पत्याउने हो भने उनीहरुले चाँडै बिहे गर्ने सम्भावना छैन । उनले हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा बिहेको विषयमा आफ्नो धारणा बताएका छन् ।

रणवीरलाई आलियासँग कहिले बिहे गर्दै हुनुहुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले आलियाको नाम नलिइकन भने, ‘बिहे भन्ने कुरा योजनावद्ध हुँदैन । म ३५ वर्षको भएँ, अब बिहे गर्छु भन्ने खालको कुरामा म विश्वास गर्दिन ।

यद्यपि, उनले आलियासँगको सम्वन्ध भने नकारेनन् । यो अझै पनि नयाँ नै भएको रणवीरको भनाई थियो । उनले आलियाको खुलेर तारिफ गरे । ‘उनी कामप्रति अत्यधिक समर्पित नायिका हुन् । उनको काम गराई देखेर मलाई पनि प्रेरणा मिल्छ । हामी ब्रम्हास्त्रमा सँगै काम गरिरहेका छौं । म कहिलेकाहीँ थाक्छु । तर, उनी कहिल्यै थाक्दिनन् । उनको यही पक्षबाट म अत्यधिक प्रभावित छु ।’ Kamagra Polo buy online, buy clomid online.

प्रतिक्रिया दिनुहोस्