१३ वर्षीया बालिका बलात्कृत

१३ वर्षीया बालिका बलात्कृत

भाद्र ६, ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्‍याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ ।

गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखेकी थिइनन् ।

 

प्रतिक्रिया दिनुहोस्