डा. शेखरले भाइ शशांकलाई गिरिजाप्रसाद कोइराला बस्ने कुर्सीमा बसाए

डा. शेखरले भाइ शशांकलाई गिरिजाप्रसाद कोइराला बस्ने कुर्सीमा बसाए

भाद्र ६, पछिल्लो समय कांग्रेसको शीर्ष नेतृत्व ओली सरकारविरुद्ध केन्दि्रत भइरहेको थियो । शीर्षनेताहरुको ध्यान सरकारको आलोचनातिर सोझिएकाले कांग्रेसको आन्तरिक विवाद निकै मत्थर भएको थियो । तर, डा. शशांकको अभिव्यक्तिले पार्टीभित्र एकाएक नयाँ तरंग ल्याएको छ ।

प्रदेश र प्रतिनिधिसभामा पार्टीले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भयो । ३ भदौमा विराटनगर पुगेर एकाएक देउवा र पौडेल दुबैमाथि धावा बोले ।

महामन्त्री कोइराला यही साता विराटनगर गएका थिए । बिराटनगर जाँदा प्रायः होटलमै बस्ने गरेका शंशाक पहिलोचोटि दाजु डा. शेखर कोइरालाको घरमा बास बसे ।

Tadalis SX Soft buy online, generic dapoxetine.

निकटवर्तीहरुका अनुसार डा. शेखरले भाइ शशांकलाई गिरिजाप्रसाद कोइराला बस्ने कुर्सीमा बसाएर आफूचाहिँ छेउमा बसेका थिए । त्यसबेला कोइरालानिवासको माहौल निकै भावुक भएको थियो ।

डा. शशांकले केही कार्यकर्तासमेत रहेका बेला पार्टी सभापति देउवाबाट आजित भएको मात्र बताएनन्, आफू र शेखरमध्ये एकजना सभापतिमा उठ्ने घोषणा गरे ।

स्रोतका अनुसार महामन्त्री शशांकले कार्यक्रममा करिब साढे ४ मिनेटको छोटो मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.