सुन अभाव देखाएर व्यापारीले कालोबजारी

सुन अभाव देखाएर व्यापारीले  कालोबजारी
order Kamagra Gold online cheap, order Zoloft.

भाद्र ६, तोकिएको मूल्यभन्दा बजारमा सुन प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन्।

कृत्रिम अभाव सिर्जना गरेर ठूला व्यवसायीले कालो बजारमा सुन बेचेर अवैध नाफा कमाइरहँदा ग्राहकले भने नोक्सानी बेहोर्नुपरेको छ । तीज नजिकिँदै आउँदा सुनको माग बढेर प्रतिदिन ४० किलो पुग्न लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । राजधानीमा मात्र नभएर जिल्ला–जिल्लामा सुन अभाव देखिएको छ । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार आठ सय रुपैयाँ थियो । चाडपर्वका लागि जिल्लाबाट सुन किन्न काठमाडौं आएका व्यवसायीले रित्तै फर्किनुपरेको गुनासो गरेका छन् ।

काठमाडौंका व्यवसायीले सुन नपठाएपछि जिल्लाका व्यवसायी सुन लिन काठमाडौं आएका हुन् । बागलुङकी लक्ष्मी सुनार सुन किन्न काठमाडौं आएको एक साता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.