भाद्र ६, भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् ।
धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्