वायो ग्यास उद्घाटन र कार्यकर्ता भेटघाटको कार्यक्रम लिएर ओली २ दिन पुर्व

वायो ग्यास उद्घाटन र कार्यकर्ता भेटघाटको कार्यक्रम लिएर ओली २ दिन पुर्व

भाद्र ५, प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको लागि बिराटनगर जाँदै हुनुहुन्छ । राजनीतिक उतारचढाव, नयाँ कानुन जारी, संवैधानिक व्यवस्थाअनुसार मौलिक हकसँग सम्बन्धित विधेयकको मस्यौदा लगायत कारण पछिल्लो केही महिना उहाँ काठमाडौं केन्द्रित हुनु भएको थियो ।

वायो ग्यास उद्घाटन देखि कार्यकर्ता भेटघाटसम्मको कार्यक्रम लिएर प्रधानमन्त्री ओली बिहान पौने ११ बजे बिराटनगर उड्न लाग्नु भएको हो । पहिलो दिन बिराटनगर महानगरपालिका १४ मा वायो ग्यास उद्घाटन, प्रदेश एकका नेता तथा कार्यकर्तालाई सम्बोधन तथा उद्योगी, व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाँ भोली अपरान्ह साढे तीन बजे काठमाडौं फर्कने जानकारी छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.