पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडे

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडे

भाद्र ५, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारदेखि सामान्य घरमा बस्न थालेका हुन् ।

साथै सैन्य सुरक्षाका दुई कामदार लगेका छन् । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।
खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् ।

प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ भएतापनि खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help