पूर्वराजदूत केशव झाको हत्या

पूर्वराजदूत केशव झाको हत्या

भाद्र ५, उपत्यकामा फेरी एउटा हत्या भएको छ ।

२३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी भएको हत्यापछि काठमाडौंको बबरमहलमा ‘हाइप्रोफाइल’ पूर्वराजदूत केशव झाको आइतबार राति हत्या भएको हो । घटनाको वस्तुस्थिति हेर्दा यो गौचन हत्याकाण्डजस्तो ‘प्लान्ड मर्डर’ नदेखिए पनि घटना रहस्यमय छ । राति सुतेकै ठाउँमा छुरी हानेर हत्या

परराष्ट्र सेवामा ३४ वर्ष व्यतीत गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपालका राजदूत थिए । उमेरले ८० पुगिसकेका भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए ।

छिमेकी कुमार श्रेष्ठका अनुसार झाले आइतबार मात्रै पनि एक कार्यक्रममा सहभागी भएर मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्