प्रेमिसँग मिलेर आफ्नै श्रीमानको हत्या

प्रेमिसँग मिलेर आफ्नै श्रीमानको हत्या

असार १२, कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।

त्यसलगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्