सार्वजनिक यातायात महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा महेन्द्र अधिकारी चयन

सार्वजनिक यातायात महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा महेन्द्र अधिकारी चयन

काठमाण्डौ । सार्वजनीक यातायात केन्द्रिय महासंघले प्रदेश स्तरीय अधिबेशन गर्ने कार्यलाई तिव्र पारेको छ । महासंघले शनिबार १ नम्बर प्रदेशको भेला तथा अधिबेशन इटहरीमा सफलता पुर्वक सम्पन्न गरेको छ । प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पौडेलले भब्य समारोहका बिच कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उपसभामुख पौडेलले बर्तमान ऐनमा यातायात क्षेत्रमा भएको समस्यालाई राख्न र पहीलेको एन कानुनलाई संसोधन गर्न आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

                                    प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पौडेल, महासंघका अध्यक्ष होम प्रसाद अधिकारी लगायत

कार्यक्रममा सार्वजनिक यातायात केन्द्रिय महासंघका अध्यक्ष होम प्रसाद अधिकारीले यातायात क्षेत्रलाई सरकारले हेयको दृष्टीले हेरेको बताए । सरकारले दीर्घकालिन सोच नबनाएरै नियम ल्याउने हुँदा कार्यान्वयनमा जटिलता आइरहेको उनले बताए । यातायात व्यवसायी महासंघ खारेज गरेर प्रालीमा दर्ता गर्नुपर्ने प्रावधान समेत सरकारले हचुवाका भरमा ल्याएकाले कार्यान्वयनमा चुनौती देखिएको उनले बताए । श्रोत साधनको परिपुर्ती नहुँदै नियम ल्याउँदा समस्या निम्तीने गरेको उनको भनाई छ । साथै यातायात व्यवसायीहरुलाई बिभिन्न कर समेत लाद्ने काम भइरहेकाले यसलाई सच्याउनुपर्ने उनको माग छ ।

कार्यक्रममा झापाका यातायात ब्यवसायी श्री सिवाकोटीले स्वागत मन्तब्य राख्नु भएको थियो । महासंघका केन्द्रिय उपाध्यक्षद्धय कृष्ण बहादर तिमल्सिना र किरन रिजालले बर्तमान अवस्थामा यातयात क्षेत्रमा देखीएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै अधिबक्ता मनिष कुमार श्रेष्ठले यातायात क्षेत्रका कानुनी समस्या र निराकरणका उपायको सम्बन्धमा प्रकाश पार्नुभयो। कार्यक्रममा सहभागि अन्य वक्ताहरुले सार्वजनिक यातायातका क्षेत्रमा देखिएको समस्या र व्यवसायी एकताको महत्व माथि चर्चा परिचर्चा गरेका थिए ।

महासंघका १ प्रदेश संयोजक महेन्द्र अधिकारीको अध्यक्षतामा बसेको प्रथम भेला तथा अधिवेशनबाट १ नम्बर प्रदेश शाखाको नयाँ कार्य समिति पनी चयन गरिएको छ । अधिवेशनले प्रदेश संयोजक समेत रहेका अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।  बिगत लामाे समय देखि दमक बाट यातायात ब्यावसायी गर्दै आएका अधिकारी  पुराना यातायात ब्यवसायी हुन ।

इटहरीमा शनिबार सम्पन्न यातायात व्यवसायीहरुको प्रदेशस्तरिय भेलाले अधिकारीको अध्यक्षतामा १८ सदस्यीय महासंघको प्रदेश समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मनोज प्रधान ,उपाध्यक्षहरुमा होम खड्का ,टंक आचार्य ,सचिवमा रमेश खत्री र कोषाध्यक्षमा धनकुमार तामाङ्ग चुनिएका छन् । त्यस्तै बरीष्ठ उपाध्यक्षमा मनोज प्धान, उपाध्यहरुमा होम खड्का र टंक आचार्यलाई चयन गरीएको छ । त्यस्तै सचिबमा रमेश खत्री, कोषध्यक्षमा धनकुमार तामाङलाई चयन गरीएको छ ।

त्यस्तै सदस्यहरुमा देवेन्द्र ठकुरी, राजकुमार राई, हरी कटुवाल, तेज प्रसाद न्यौपाने, दोर्जे शेर्पा, दिलिप कुमार गुरुङ, डिल्ली सापकोटा, र दान बहादु न्यौपानेलाई निर्वीरोध चयन गरीएको महासंघका केन्द्रीय अध्यक्ष होम प्रसाद अधिकारीले बताए । निर्वाचीत पदाधिकारीहरुलाई अधिबक्ता मनिष कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भयो ।

उक्त भेला तथा प्रथम अधिबेशनमा महासंघका केन्द्रीय पदाधिकारी सगै १ नम्बर प्रदेशका ९१ वटा यातायात कम्पनीका डाइरेक्टर एवं प्रतिनिधीहरुको उपस्थीती रहेको थियो । उक्त भेलाले प्रदेश नम्बर १को इटहरीमा छिट्टै प्रादेशी कार्यालय खोल्ने निर्णय गरेको छ । महासंघले अब यथासिघ्र प्रदेश नम्बर ३ को प्रादेशिक भेला तथा अधिबेशन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्