रामेछाप नगरपालिकाद्धारा ६७ करोडको बजेट सार्वजनीक

रामेछाप नगरपालिकाद्धारा ६७ करोडको बजेट सार्वजनीक

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागी ६७ करोड ४ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पाँचौ नगरसभामा उक्त बजेट सार्वजनिक गर्नुभएको हो । बजेट अन्तर्गत चालु खर्च तर्फ ४२ करोड १५ लाख ४० हजार र पुँजीगत तर्फ २४ करोड ८८ लाख ८३ हजार विनियोजन गरिएको छ ।

नगरपाललीकाको गौरवको योजना भालुखोप भ्यु टावरलाई १ करोड, नगरको गौरवको अर्काे योजना पुष्पलाल कोलञ्जोरघाट सडकको लागि ६० लाख विनियोजन गरेको नगरस्तरीय कृषि तथा पशु क्षेत्रमा १ करोड, नगरस्तरीय खानेपानी, मुहान संरक्षण,पोखरी निर्माण र लिफ्ट खानेपानीको लागि १ करोड, शिक्षातर्फ १० लाख,सहकारी प्रवद्र्धनमा १० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी खेलकुद, महिला, बालवालिका, जेष्ठ नागरिक, दलित, अपाङ तथा जनजातिलाई लक्षित गरी ४५ लाख, नगरस्तरीय वातावरण संरक्षणका लागि १० लाख, विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा व्यवस्थापनको लागि १ करोड बजेट विनियोजन गरीएको छ ।

जातिय हिसाबले हायु लोपोन्मुख जाति बसोबास गर्ने नगरपालिका भएकाले भाषा, सस्कृति संग्रहलयको लागि नगरले १० लाख बजेट विनियोजन गरीएको छ । साथै नगरपालिकालाई समृद्ध न्याय सेवा प्रदान गर्न १५ लाख बजेट विनियोजन गरीएको छ ।
नगरपालीकाले उर्जामा १३ लाख ४५ हजार, कृषि १० लाख,पशु स्वास्थ्य ६ लाख ४५ हजार,खेलकुद १ लाख, शिक्षा १५ करोड, झोलुङगे पुल २० लाख, स्वास्थ्य ३ करोड ३९ लाख ९७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ४ लाख ९३ हजार, सडक बोर्ड अनुदान ५० लाख र सामाजिक सुरक्षा भत्तामा १४ करोड रुपैया बजेट बिनीयोजन गरीएको छ ।

 

यस्तै देउरालीडाँडा लहरेनी लेखडाँडा गोगनेडाँडा हुदै वडा नं १ को वडा कार्यालय सम्मलाई वडा नं १ र २ लाई ३० लाख, कमलवारी वाँकीमैरी साघुँटार सडक योजनालाई वडा नं ३ लाई १० लाख, धमनीछाप फुन्द्रिखोला, वोलङवोलङ सडक स्तरउन्नतीलाई वडा नं ४ लाई ३५ लाख, रामपुर वसन्तपुर चुकीयाघाट सडक वडा नं ५ लाई २० लाख, च्यास्कु सिमलभज्याङ गोल्माटार डान्सिङटार सडक वडा नं ६ लाई १० लाख, विर्ता धनेघाट सडक वडा नं ७ लाई १५ लाख, भेटेनरी वादी सिमन्ती हुदै डुडे सडक वडा नं ८ लाई १५ लाख र मानेडाँडा राताटार हर्देनी सडक वडा नं ९ लाई १५ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै थाक्लेबेसी लिफ्ट खानेपानी वडा नं ३ लाई ७ लाख, चायखोला खानेपानी योजना वडा नं ४ लाई १० लाख, काफ्लेखोला मुहान साइटार खानेपानी योजना वडा नं ५ लाई १५ लाख, लामपाते लिफ्ट खानेपानी योजना वडा नं ६ लाई २३ लाख, कालिकुवा ड्रिल सिँचाई योजना वडा नं ७ लाई २० लाख ,केवलेश्वर ड्रिल सिँचाई योजना वडा नं ८ लाई २० लाख र खानेपानी पाइप सहयोगको लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्