रामेछापमा फेरी जीप दुर्घटना: ११ घाइते, २को अवस्था गम्भीर

रामेछापमा फेरी जीप दुर्घटना: ११ घाइते, २को अवस्था गम्भीर

काठमाण्डौ/ रामेछापमा सोमबार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सदरमुकाम मन्थलीबाट दोरम्बा जान लागेको खाँडादेवी यातायातको बा १ ज ६४४१ नम्बरको टाटा सुमो जीप पकरबासको भिमसेनस्थान नजिक दुर्घटनामा परेको थियो । सडकबाट करिब २० मिटर तल खसेर भएको उक्त दुर्घटनाको कारण खुलेको छैन ।

वडा अध्यक्ष धनबहादुर मानन्धरका अनुसार घाइते मध्ये सुनारपानीका सिताराम आचार्य र टोकरपुर सिगार्चेकी पदमकुमारी थापामगर गम्भीर छन् । दुर्घटनामा परेका अन्य घाईतेहरुमा टोकरपुरकै श्याम पहरी, मिनवहादुर पहरी , पवित्रादेवि थापामगर, भिरपानीका ध्यानवहादर तामाङ्ग, पकरवासकी रमा तामाङ, खाँडादेविका गोपि रायमाझी, मझुवाका अनिषा योन्जन र अनिता घिसिङ रहेका छन् । उनिहरुको मन्थलीमा उपचारका भइरहेको मानन्धरले बताए । कान्तीपुरबाट

प्रतिक्रिया दिनुहोस्