कोरियाली भाषा परीक्षा २०१९ को नतिजा सार्वजनिक, कटलाइन मेन्युमा ३८, एग्रीमा ३७

कोरियाली भाषा परीक्षा २०१९ को नतिजा सार्वजनिक, कटलाइन मेन्युमा ३८, एग्रीमा ३७

काठमाडौं–/रोजगार अनुमति प्रणाली इपिएस काेरीयाले कोरियाली भाषा परीक्षा २०१९ को नतिजा सार्वजनिक गरेकाे छ ।गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा बिहीबार बेलुका सार्वजनिक गरेकाे हाे । नतिजा हेर्नको लागी  पासपोर्ट नम्बर र जन्ममिति चाहिन्छ। नतिजा हेर्नको लागी यो लिन्क मा click गर्नुहोस्।

https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en

याे बर्ष देखी स्कील टेष्ट हुने भएकाेले MENU मा 38 लाइ लीएकाे देखीन्छ। मेनुकाे लिखितमा १०० पुर्णांक र स्कील टेष्टमा १०० गरी २०० पुर्णांककाे परीक्षा हुन्छ । त्यसैले EPS TOPIK 2019 CUTLINE MENU 38*2.5=95 100 मा हाे । Agri मा ९० पुर्णांककाे लीखित र ११० पुर्णांककाे Skill Test हुन्छ त्यसैले Agri बाट 37 लाइ लिएकाे छ । AGREE 37*2.25= 82.25 90 मा हाे ।

यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन्।यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ।

कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने उल्लेख गरिएको इपिएस कोरिया शाखाका सूचना अधिकारी सोभाकर भण्डारीले जानकारी दिए।यसवर्षको परीक्षामा १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ।

‘कोरियाले कामदार लैजाने कोटा अनुसार नै परीक्षार्थीहरू छनोट गरिन्छ, १० हजारको हाराहारिमा नै परीक्षार्थी उत्तीर्ण गरिन्छ,’ सूचना अधिकारी भण्डारीले नयाँपुल अनलाइन सँग भने।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन्। एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार भन्दा बढी युवाहरुले सहभागिता जनाइसकेका छन्।हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ। अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थी मध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए।

भाषा परीक्षाको नतिजाwww.epsnepal.gov.npर वदेशिक रोजगार विभागको वेभसाइटwww.dofe.gov.npमार्फत पनि हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्