निर्मलालाई बलात्कार गर्ने पक्राउ

निर्मलालाई बलात्कार गर्ने   पक्राउ

भाद्र ४, कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे । पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो । घटनामा अन्य व्यक्तिको संलग्नता थियो या थिएन भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help