बिल गेट्सको यो कस्तो अनौठो निर्णय: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस

बिल गेट्सको यो कस्तो अनौठो निर्णय: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस

भाद्र ४, विश्वभर अहिले मलेसियाको कारण १० लाखभन्दा पनि बढी मानिसहरुको ज्यान जाने गरेको छ । त्यसैले यो समस्याबाट पार पाउनका लागि बिल गेट्सले एक अनौठो किसिमको निर्णय गरेका छन् ।

विवरणमा बताइएअनुसार गेट्सले मलेसियालाई हटाउने विषयमा अनुसन्धानको लागि करिब ४४ करोड रुपैयाँबराबरको रकम लगानी गरेका छन् । जसअनुसार अहिलेयस्तो प्रविधिको विषयमा काम भइरहेको छ कि यसले सधैंका लागि मलेरियालाई हटाउन सक्छ ।

यदि अहिलेको प्रविधि सफल भएको खण्डमा आगामी दिनमा लामखुट्टेहरु आपसमा संसर्गको क्रममा मर्ने बताइएको छ । अहिले अनुसन्धान जारी रहेको प्रविधिअनुसार केही पुरुष लामखुट्टेहरुमा अनुवंशिक रुपले जिनहरु छाडिन्छ,त्यसपछि उक्त लाखुट्टेले पोथी लामखुट्टेसँग संसर्ग गरेर जन्मिएको नयाँ लामखुट्टे केही समयसम्म मात्र बाँच्न सक्छ ।

मलेरियाबाट सबैभन्दा बढी प्रभावित हुनेमा अफ्रिकाका बालबालिकाहरु रहेका छन् । विशेषगरी यसको सिकार बच्चाहरु हुने गरेका छन् । वर्षमा करिब ६० करोड मानिसहरु यसको सिकार हुने गरेका छन् ।

बेलायतको अक्सिटिक नामको एक कम्पनी अहिले यो लामखुट्टे बनाउने काममा लागिरहेको छ । यसले अनुवंशिक रुपबाट संशोधित लामखुट्टे तयार गर्नेछ । यसलाई ‘फ्रेन्ड्ली मस्क्विटो’को नामले चिनिने गरिएको छ । यो लामखुट्टे सन् २०२० सम्म विस्तार गरिनेछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

cheap essay help