ओली सरकारको उपलब्धि के ?

ओली सरकारको उपलब्धि के ?

भाद्र, ४ केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामका उपलब्धीका रुपमा सुशासनलाई बडो महत्वका साथ पस्केको छ ।

सुशासनका लागि मानक थालनी भनेर ओली सरकारले यातायातको सिन्डिकेट अन्त्य, तस्करमाथि कार्वाही र प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमण नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रवन्ध, अध्यागमन व्यवस्थापनमा टोकन प्रणाली, पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली, सार्वजनिक खर्चमा मितव्ययीता, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, कन्सुलर प्रमाणिकरण आधा घण्टामै र राजदूत नियुक्तिमा मापदण्ड तर्जुमालाई लिइएको छ ।

कामभन्दा कुरा बढी गरेर गत भदौ ३ गते आइतबार ६ महिनाको कार्यकाल ब्यतित गरेको ओली सरकारले बेमौसमी बाजा जस्तै गरी पाँच महिनामा गरेका कामको विवरण सार्वजनिक गर्यो । सरकारले कस्तो काम गरिरहेको छ भन्ने जगजाहेर हुँदाहुँदै ढाकछोप गर्ने शैलीमा ७४ पृष्ठ लामो उपलब्धी सार्वजनिक गरेको हो ।

सुशासनका रुपमा यातायात सिन्डिकेटलाई सरकारले एक नम्बरमा राखेको छ । यातायातको सिन्डिकेट कहाँ हट्यो ? भएका केही समिति भंग गर्दैमा र दुई चार वटा रुटमा नयाँ गाडी राख्दैमा सिन्डिकेट हट्ने हो र ?

जहिलेसम्म सर्वसाधारण यात्रुले सहज यात्रा गर्न पाउँदैनन् तबसम्म सिन्डिकेट अन्त्य भयो भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्