एसइईको नतिजा आज दिउसो ३ बजे पछी सार्वजनिक हुँदै

एसइईको नतिजा आज दिउसो ३ बजे पछी सार्वजनिक हुँदै

काठमाण्डौ/परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइई अर्थात् माध्यमिक शिक्षा परीक्षाको नतिजा बुधबार अर्थात ( आज दिउसो ३ बजे पछी) सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । कुनै प्राविधिक त्रुटी नभए आजै र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने परिक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ । यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ सय बिध्यार्थीले परीक्षामा सहभागीता जनाएक थिए ।

प्रतिक्रिया दिनुहोस्