‘पेलाई र हेपाईले सीमा पार गरेपछि हामीले विरोध जनायौं’: भरतपुर उपमेयर पार्वती शाह ठकुरी

‘पेलाई र हेपाईले सीमा पार गरेपछि हामीले विरोध जनायौं’: भरतपुर उपमेयर पार्वती शाह ठकुरी

भाद्र १, गतबर्ष वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अघि र पछि पनि खुवै मिलेका जोडी जस्ता थिए, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाह ठकुरी । निर्वाचनको प्रचारप्रसारका क्रममा रेणु दाहाल लालसलाम जय नेपाल भन्थिन् भने ठकुरीले जय नेपाल लाल सलाम भन्थिन् ।

तत्कालिन माओवादी र कांग्रेसका झण्डा एउटै कपडाभित्र अटाए । मतपत्र च्यातिएपछि भएको भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान भयो । रेनुलाई जिताउन माओवादीले भन्दा बढी मेहनत कांग्रेसले गर्‍यो र २०३ मतले देवी ज्ञवालीलाई हराउँदै रेणु दाहाल मेयर बनिन् । तर, यो गठवन्धन दिगो भएन ।

१७ असोजमा तत्कालिन एमाले र माओवादीवीच चुनावी तालमेलको सहमति भएपछि समस्या सुरु भयो । कांग्रेसको समर्थनमा जितेकी मेयर रेणु दाहालले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले उम्मेदवार कृष्ण डल्लाकोटीलाई मत दिइन् । दिदीबहिनीजस्तै गरी हिँड्ने मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई यतिबेला टाढा बनाउन एकातिर परिस्थिति तयार छ भने अर्को तर्फ नियती ।

केही महिनादेखि मेयर र उपमेयरवीच चलेका ‘शीतयुद्ध’ महानगरको समिक्षा गोष्ठीमा आउँदा छताछुल्ल भएएको छ । मेयर रेणु दाहालले अति गरेकोले सहनुको सीमा पार गरेको उपमेयर पार्वती शाहले अनलाइनखबरसँग गुनासो गरिन् ।

‘सकभर घरभित्रको विषय घरभित्रै मिलाउनुपर्छ भनेर लागियो तर पेलाई र हेपाईले सीमा पार गरेपछि हामीले विरोध जनायौं’ उपमेयर शाहले अगाडि भनिन्, ‘धैर्यताको वाँध टुट्यो ।’onlinekhabar

प्रतिक्रिया दिनुहोस्

cheap essay help