आफ्नै दुई जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार

आफ्नै दुई जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार

श्रावण ३१, ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार २० बर्षीया कमला बिकले छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी हुन्। सेफ्टी ट्याङ्कीमा हालेका दिदीबहिनी गंगा र जमुनामध्ये गंगाको मृत्यु भएको छ भने गंगालाई गम्भीर अवस्थामा फेला पारिएपछि उपचारका लागि झापाको बिर्तामोडतर्फ पठाइएको छ।

फरार रहेकी कमलाको खोजी कार्य जारी रहेको छ। मृत्यु भएकी बालिकालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको डीएसपी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.