काठमाण्डौँको विभिन्न ठाउँ नदी बन्दा

काठमाण्डौँको विभिन्न ठाउँ नदी बन्दा

श्रावण ३१, काठमाडौं तीनकुनेमा गाईपालन गर्दै आएका कृष्णप्रसाद घिमिरे सधैंजसो मंगलबार बेलुकी पनि गाईबस्तुलाई दानापानी दिएर नजिकैको डेरामा सुत्न गए। उनी सुत्दा राति १० बजेको थियो। त्यतिबेला आकाशबाट सिमसिम पानी परिहेको थियो। राति तीन बजे एक्कासि जोडतोडले गाई कराएको सुनेपछि उनी ब्युँझिए। कोठाबाट बाहिर निस्किन लागे।

घरको झ्यालबाट बाहिर चियाउँदा सबैतिर पानीमात्रै देखे । आफू बस्ने घरको भुइँतलासमेत जलमग्न भइसकेको थियो। चारैतिर डुबान देखेपछि उनले छिमेकी गुहारे । बिजुलीबत्ती नभएकाले सबैतिर अन्धकार थियो । कराइरहेका गाईलाई बचाउने आशामा उनी छिमेकीको सहारामा गोठतर्फ लागे । आधा शरीर डुबाएर गोठमा पुग्दा एउटा गाई मरिसकेको थियो। अन्य ७ वटा गाईको टाउको मात्रै देखिन्थ्यो ।

तीनकुनेमै ‘वासिङ सेन्टर’ (ग्यारेज) चलाउँदै आएकी लक्ष्मीदेवीको टहरो पनि डुबानमा प-यो।  बुधबार बिहानपख काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोबीखोला, च्यानेखोलालगायतमा आएको बाढीले वितण्डा मच्चायो। तीनकुने, अनामनगर, घट्टेकुलो, शान्तिनगर, थापाथलीलगायत क्षेत्र डुबानमा परे। खोला किनारमा बस्दै आएका सुकुम्बासी र अन्य स्थानीयका घरटहरा डुबे। हिउँदयाममा सुक्खा देखिने काठमाडौंका खोलाको पानी करिडोर पार गर्दै घरभित्रै छिरेपछि स्थानीय त्रसित बने। वडा कार्यालयको निष्कर्ष छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहरी क्षेत्रमा यस्ता घटना हुनु दुःखद रहेको बताए। उनले यसको तत्काल समाधान खोज्ने र पीडितलाई सहयोग गर्ने बताए। ‘नागरिकलाई परेको समस्याको सम्बोधन गर्छाैं र सम्भावित क्षति पूर्वअनुमान गरेर त्यसलाई रोकथाम गर्छौं,’ उनले भने, ‘यसबारे चासो दिन सबै मातहतका विभागलाई निर्देशन दिएका छौं।’

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.