जाजरकोटमा बाढीले ४ घर बगायो

श्रावण ३०, जाजरकोटको नलगाड नगरपालिका २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ वटा मिल, ६० वटा घट्ट, २ वटा ट्रस व्रिज र सायौं रोपनी खेत बगाएको हो ।

गएरातीदेखि आएको बाढीले नलगाड–३, घुवाराका जनकबहादुर चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ । बाढीले रावलको केही चौपाया समेत बगाएको छ ।  त्यस्तै बाढीले घुवारास्थित नलगाड ३ र ४ जोड्ने तथा कालीमाटीस्थित वडा नं २ र ५ जोड्ने ट्रस व्रिज पनि बगाएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विक सहित ४ वटा मिल बगाएको छ । बाढीका कारण सो क्षेत्रका १ सय बढी घरपरिवार विस्थापित भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.