भ्यालेन्टाइन डेमा वर्षा र संजोगको बिहे हुने

भ्यालेन्टाइन डेमा वर्षा र संजोगको बिहे हुने

काठमाण्डौ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको अफेयर चलेको लामो समय भइसकेको छ । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह कहिले रु भन्ने प्रश्न पनि बेला–बेलामा चर्चामा आउने विषय हो ।यो जोडीले यस प्रश्नको जवाफमा लगन जुरेको खण्डमा विवाह जहिले पनि हुन सक्ने बताउँदै आएको थिए ।

हुन पनि यो जोडीले अचानक विवाह गर्ने निधो गरेको कुरा सार्वजनिक गरेको छ । सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सरप्राइज दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रणा कार्ड पोस्ट गरेकी छन् ।वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह गरेकी छिन् । उक्त कार्डमा प्रेम सेलिब्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्