देवघाटमा माघे संंक्रान्ति मेला सुरु

देवघाटमा माघे संंक्रान्ति मेला सुरु

चितवन – चितवन, नवलपुर र तनहुँको संगम देवघाटमा माघे संंक्रान्ति मेला सुरु भएको छ । बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेपछि माघे संक्रान्ति मेला सुरु भएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ९ बजे बेनीमा बाँसको लिङ्गो ठड्याएर विधिवत रुपमा मेलाको उद्घाटन गरिएको जानकारी दिए ।

मेलाको उद्घाटनमा गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधीश रमाणानान्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती, वेदस्त साधना कुटिरस्कीका कृष्णानन्द सरस्वतीलगायतका विशिष्ठ व्यक्ति उपस्थित रहेको पौडेलले जानकारी दिए ।

सोमबार विहानैबाट देवघाटमा देश विदेशका विभिन्न ठाँउबाट भक्तजनहरु आउने क्रम सुरु भएको छ । सोमबार राति धाममा करिब दुई लाख ५० हजार भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने अनुमान छ ।

साँझमा मेला भर्न आउने संख्या अधिक हुन्छ । देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ । ती सवारी र्फकँदा आँपटारी हुँदै र्फकनेछन् । सवारीको पार्किङ्, विद्युत, शौचालय, सरसफाइ, खानेपानीलगायतको व्यवस्था भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.