बीएस्सी एजीको छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयले अनियमितता गरेको आरोप

बीएस्सी एजीको छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयले अनियमितता गरेको आरोप

काठमाडौं – बीएस्सी इन एग्रिकल्चर (बीएस्सी एजी) को छात्रवृत्ति कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले अनियमितता गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

मेरिट लिस्टमा अगाडि रहेका विद्यार्थीहरुलाई पन्छाएर पछाडि रहेकाहरुलाई ‘लेनदेनका आधारमा’ भर्ना गरिएको उनीहरुको दाबी छ ।

बीएस्सी एजीका लागि गत २१ गते प्रवेश परीक्षा लिइएको थियो । त्यसमा करिब २५ परीक्षार्थीले भाग लिएका थिए । २४ गते रिजल्ट हुँदा १३ सय ८५ जना पास भए । उत्तिर्ण हुन ५० भन्दा बढी अंक ल्याउनुपर्ने व्यवस्था छ ।

उत्तीर्ण परीक्षार्थीहरुमध्ये १ सय ४६ जनाले विभिन्न कलेजमा पूर्ण छात्रवृत्ति पाउने भनिएको थियो, जसमध्ये एक सय ६ सिट खुल्ला र ४० सिट आरक्षित थिए । सामान्य हिसाबले मेरिट लिस्टका आधारमा अगाडि रहेका विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति पाउनुपर्ने हो । तर, उनीहरुलाई ‘जालझेलपूर्वक’ पन्छाएर राखेर अपारदर्शी तवरले मेरिट लिस्टमा ५ सय ५७ नम्बर सम्ममा रहेकाहरुलाई भर्ना गरिएको छ ।

खुल्लामा नाम निस्केका विद्यार्थीहरुलाई २० गते र आरक्षितलाई ३० गते भर्नाका लागि बोलाइएका थियो । तर, समयमै आउनेहरुलाई समेत गेटमै रोकेर ‘अनुपस्थित’ देखाउँदै सुचीमा तल रहेकाहरुलाई भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.