कोशी अञ्चल अस्पताल जहाँ बिरामी भन्दा पनि कर्मचारी मर्कामा

कोशी अञ्चल अस्पताल जहाँ बिरामी भन्दा पनि कर्मचारी मर्कामा

श्रावण २९, विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक हो ।

आर्थिक अभावका कारण भएका कर्मचारीलाई समयमा तलव खुवाउन पनि अस्पताल प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको छ । तथापी प्रदेश सरकारले भने कोशी अञ्चल अस्पताललाई प्रदेश सरकारको शिक्षण अस्पतालका रुपमा विकास गर्ने तयारी गरेको छ ।

अस्पतालमा लामो समयदेखि सरकारी दरबन्दी अनुसार ११ औं तहका आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नेपोलोजिष्ट, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, नर्सिङ प्रशासनसहित ल्याबटेक्निसियन लगायतका विभागीय अन्तर्गत दरबन्दी अनुसारको चिकित्सकको अभाव छ ।

अस्पतालमा हाल तीन सय २५ शय्या छ । स्वास्थ्य मन्त्रालयको रेकर्डमा भने यो अस्पताल १ सय २५ शय्यामा मात्र सीमित छ । अस्पताल विकास समिति मार्फत भौतिक संरचना र शय्या थप गरिए पनि त्यसअनुसार सरकारले दरबन्दी नथपेका कारण समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.