अब सिग्नेचर पुलको जमाना आयो

अब सिग्नेचर पुलको जमाना आयो

काठमाडौँ । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ । यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ । यस्ता पुल नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो । देशका विभिन्न भागमा निर्माण हुन लागेको यस्ता १० वटा पुलका लागि विश्व बैङ्कले आर्थिक सहयोग दिन लागेको र त्यसलाई अन्तिम रुपम दिन भदौ ५ गते काठमाडौँमा विश्व बैङ्क र नेपालका अधिकारीहरूबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । महाशाखा प्रमुख थापाका अनुसार, चितवनको नारायणी, रुपन्देहीको तिनाउ, झापाको रतुवा, सर्लाहीको वागमती, मकवानपुरको राप्ती, काठमाडौँको तिलगङ्गास्थित वाग्मती, काठमाडौँको टेकूस्थित विष्णुमती र पोखराको विजयपुरस्थित सेती नदीमा ‘सिग्नेचर पुल’ निर्माणको तयारी भइरहेको छ । विश्व बैङ्कको सहयोगमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको तथा मन्त्रिपरिषद्बाट विश्व बैङ्कसँग वार्ता गर्न वार्ता टोली गठन गर्न अर्थ मन्त्रालयलाई यसअघि नै निर्देशन भइसकेको जानकारी समेत महाशाखा प्रमुख थापाले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.