पिखुवा खोलाको काम तिब्रगतिमा जारी

पिखुवा खोलाको काम तिब्रगतिमा जारी

भोजपुर । भोजपुर जिल्लास्थित भोजपुर नगरपालिकाको गुम्बामा निर्माण भइरहेको ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युतको काम ८५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । विक्रम सम्वत २०६६ सालमा निर्माण सुरु भएको सो जलविद्युत आयोजनाको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको पनि गतसाल बाट भने आयोजनाको काम तिब्रगतिले अगाडि बढिरहेको छ ।
हालसम्म आयोजनाको भौतिकतर्फ ९० प्रतिशत र मेकानिकल तर्फ ६० प्रतिशत काम सकिएको छ । आयोजनाको विद्युुुुतगृहदेखि मुुुुहानसम्मको ४ किलोमिटर हेड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोरवे निर्माण, मुुुुहानको बाँधबाँध्ने लगायतका काम ९० प्रतिशत भन्दा बढी सकिएको हो । यसबाहेक फेब्रिकेसन, मुुुुहान बाँधको वाल उठाउने काम आयोजनास्थलमा भइरहेको छ । करिब ११४ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो आयोजना निजी लगानीमा भोजपुर जिल्लाकै सबैभन्दा ठूलो आयोजना पनि हो ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help