विमान विद्रोहीको पुस्तक बजारमा

विमान विद्रोहीको पुस्तक बजारमा

काठमाडौं । विक्रम सम्वत २०३० जेठ २८ गते तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९–एनएबिबी ट्विनअटर विमान विराटनगरबाट काठमाडौं आउदै गर्दा अपहरणमा परेको थियो । त्यो विमान अपहरण काण्डमा पूर्व प्रधानन्याधिश सुशिला कार्कीका पति दुर्गा सुवेदी संलग्न थिए । त्यतिबेला सुवेदी नेपाली कांग्रेसका नेताको रुपमा परिचित थिए । त्यहि घटनाक्रम र सुशिला कार्की प्रधानन्यायधिश हुँदा घटेका विभिन्न घटनाक्रमहरु समेटेर सुवेदीले “विमान विद्रोह” नामक पुस्तक बजारमा ल्याएका छन् । पुस्तकमा विमान विद्रोहको प्रसङ्गसँगै सुशिला कार्की प्रधानन्यायधिश हुँदा घटेका लोकमानसिंह र महाअभियोग प्रकरणलाई पनि महत्वकासाथ समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help