दोलखामा बढ्यो सवारी दुर्घटना

दोलखामा बढ्यो सवारी दुर्घटना

दोलखा । दोलखामा पछिल्लो समय दुर्घटनाको जोखिम बढेको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा मात्रै २९ वटा सवारीसाधन दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार अघिल्लो आर्थिक बर्ष अर्थात ०७३/०७४ मा २४ वटा सवारी दुर्घटनामा परि ११ जनाको ज्यान गएको थियो । गत वर्षको साउनदेखि असार मसान्तसम्म ट्रक ७ वटा, बस ३ वटा, जिप, कार ६, मोटरसाईकल ६, ट्र्याक्टर ६ र अन्य १ गरी २९ वटा साना तथा ठुला सवारीसधान दुर्घटना भएको प्रहरी तथ्यांक छ ।

ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार गएको आर्थिक बर्षमा सवारीसाधन दुर्घटनामा परि ६ जना महिला, १६ जना पुरुष, बालक २ जना गरी २६ जना गम्भीर घाइते भएका थिए । जिल्लामा सवारीसधानको संख्या बृद्धी हुनु र कच्ची सडक दुर्घटना कारक बनेको प्रहरी बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्