कार्तिकमा नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

कार्तिकमा नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी कार्तिकमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । गत शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ । एन्फाका अनुसार बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्