भरतपुर महानगरपालिकासहित ६ वटा स्थानीय सरकारलाई ६ अर्ब रुपैयाँ बराबरको बजेट

भरतपुर महानगरपालिकासहित ६ वटा स्थानीय सरकारलाई ६ अर्ब रुपैयाँ बराबरको बजेट

असार ११, चितवनका भरतपुर महानगरपालिकासहित ६ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को लागि ६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका छन् । भरतपुर महानगरपालिकाको आइतबार भएको दोस्रो नगरसभाबाट ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँको बजेट स्वीकृत भएको छ ।

आगामी आर्थिक वर्षदेखि १६ मिटर वा सोभन्दा बढि चौडा सडक कायम गरी कालोपत्र निर्माण गरिएमा त्यसमा जनसहभागिता अनिवार्य नहुने दाहालले बताइन् । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कुल ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

वडातर्फ विनियोजित बजेटबाट वडा नम्बर २९ ले सबैभन्दा बढी १ करोड १५ लाख रुपैयाँ, वडा नम्बर १०, १५, १६, १७, २३, २५ देखि २८ ले १ करोड १० लाख रुपैयाँका दरले र बाँकी १९ वटा वडाले १ करोड ५ लाख रुपैयाँका दरले रकम पाएका छन् ।

त्यस्तै, पूर्वी चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि करिब ६२ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न तेस्रो नगरसभा तथा बजेट अधिवेशनले ६२ करोड ३९ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । नगरसभामा नगर उपप्रमुख सुनिता थपलियाले आगामी वर्षका लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट पेस गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help