अब साउदी अरबका महिलाहरुले पनि सवारी साधन चलाउन पाउने

अब साउदी अरबका महिलाहरुले पनि सवारी साधन चलाउन पाउने

असार ११, साउदी अरबका महिलाहरूले आफैं सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्।

शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो। यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका हुन्।

महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो।

साउदी अरबमा पनि महिलाहरुलाई सवारी साधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रूपमा लिएका छन् ।

साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए।

सवारी साधन चलाउने अनुमति पाएसँगै राजधानी रियादसहितका प्रमुख शहरहरुमा महिलाहरुले बिहानैदेखि सवारी साधन चलाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.