संसदीय समितिमा सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप

श्रावण २३, संसदीय समितिहरूले पूर्णता पाएसँगै संसदीय समितिमा सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ ।

आजको राजधानी दैनिकले संसदीय समितिः सभापतिमा हानथाप शिर्षकमा  पहिलो पृष्ठमा यो समाचार छापेको छ । प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका चारका साथै संयुक्त दुई समितिको सभापति चयन प्रक्रिया सुरु भएको हो ।

संसदीय दलले आवश्यक गृहकार्य गरेपछि समितिका सभापति चयन गर्ने प्रक्रिया अघि बढाउनेछ । समितिको सभापति चयनका लागि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङले शीर्ष तहमा परामर्श गरिरहेका छन् ।

सत्तारूढ संघीय समाजवादी फोरमले एउटा समितिको सभापति अपेक्षा गरेको छ । नेता योगेश भट्टराई संसदीय सुनुवाइ विशेष समितिको सभापतिका बलियो दाबेदार हुन् । नेकपाका नेता घनश्याम भुसाल प्रतिनिधिसभाको अर्थ समितिको सभापतिको बलियो दाबेदारका रूपमा उभिएका छन् ।

कानुन न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल सभापति बन्ने लगभग निश्चित भएको छ ।

प्रतिनिधिसभाका संसदीय समितिमध्ये कम्तीमा तीन महिलाले सभापति पाउनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help