नामाडीमा खानेपानी योजनाको सार्वजनिक सुनुवाई सम्पन्न

नामाडीमा खानेपानी योजनाको सार्वजनिक सुनुवाई सम्पन्न

साउन २२, नामाडी । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ स्थित, नामाडीमा आज गैरिभुसुन्ने केराघारी खानेपानी योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सोहि योजनाका अध्यक्ष पविन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ । साविकको नामाडी गाविसका वडा नं. २,३,४ र ७ का स्थानीयवासीहरुलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्वेश्यले २०७१ सालमा सो खानेपानी योजनाको निर्माण प्रक्रिया सुरु गरिएको थियो ।

नामाडीस्थित ठूलाघरमा आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रिता खड्का सहित लाभान्वित हुने स्थानीयवासीहरुको पनि उपस्थिति रहेको थियो । खानेपानी योजना निर्माण भएपनि दिगोरुपमा खानेपानीको उपलब्धताको लागि काम गर्नुपर्ने लाभान्वित स्थानीयहरुको भनाई रहेको थियो

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.