हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने

श्रावण २२, सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको हो ।

उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले यसअघि नै अध्ययन प्रतिवेदनका आधारमा कपडा उद्योग सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका थिए । हालका अर्थमन्त्री पनि बन्द रहेका सरकारी उद्योग सम्भव भएसम्म सञ्चालन गर्नुपर्ने पक्षमा buy Female Viagra, acquire zithromax. छन् ।

सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५/३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्