विश्वकप र आँखामा देखा पर्ने समस्या

विश्वकप र आँखामा देखा पर्ने समस्या

असार ११, रसियाको राजधानी मस्कोमा आयोजना गरिएको विश्वकप २०१८ असार ३१ बाट भइरहेको छ । खेलमा अहिलेसम्म धेरै देशले आफ्नो प्रदर्शन देखाइसकेका छन् ।

एक महिनासम्म हुने विश्वकपमा एक दिनमा ३ वटा खेल हँुदै आइरहेको छ । विश्वकै चासोको विषय बनेको यो खेल नेपालीहरूले पनि पनि निकै चासोको रूपमा हेरेका छन् । यो समयमा लामो समयसम्म टिभीमा हेर्दा स्वास्थ्यको हिसाबलाई आँखालाई समस्या हुने चिकित्सकहरूले बताउँदै आइरहेका छन् ।

रातभरको अनिँदो आफ्नो टिमले नजित्दाको तनावले गर्दा कति त ननिदाई छर्लङ्गै रात कटाउने गरेका छन् । निरन्तर मोबाइल, टिभी हेर्नु आँखाको स्वास्थ्यका लागि सकारात्मक नभएको डाक्टर बेन लिम्बु बताउँछन् । विश्वकपका फ्यानहरूका लागि निरन्तर टिभी हेर्दा आँखामा हुने समस्याको बारेमा डाक्टर लिम्बुको छोटो जानकारी उनकै शब्दमा ।

जिन्दगीको धेरै कुरामा मौका पाइन्छ तर आँखा यस्तो चीज हो, जसले तपाईंलाई दोस्रो मौका दिँदैन । एक पटक गुमेपछि पाउन सकिँदैन । त्यसैले आँखा बचाऊँ । यो परेर सिक्ने कुरा होइन, अर्काको अनुभवबाट जान्ने कुरा हो ।

आँखा स्वास्थ्यलाई निरन्तर राम्रो बनाएर राख्नका लागि निरन्तर पानीको मात्र आवश्यक हुन्छ । तपाईं निरन्तर परेला नझिम्क्याई आँखा हेर्नुहुन्छ भने आँखाको सर्भेस एरिया ठूलो हुन्छ । त्यस्तो हुँदा आँखाको एरिया सुख्खा हुन्छ । Viagra soft FRUIT buy online, order clomid.

प्रतिक्रिया दिनुहोस्