कांग्रेस छाँया सरकार

श्रावण २२, प्रमुख प्रतिपक्षी कांग्रेसले गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसले औपचारिकता पाउन सकेको छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने छायाँ सरकार गठन भयो भनेर औपचारिक घोषणा गर्ने विषय नभएको बताउँछन् । भागवण्डाका रुपमा भन्दा योग्य व्यक्तिलाई जिम्मेवारी दिन खोजिएको रुपमा लिनुपर्छ,’ शर्मा भन्छन्, ‘हामी केन्द्रमा मात्रै नभएर प्रदेश र स्थानीय सरकारसम्म नै छायाँ सरकारको अभ्यास गर्न खोज्दैछौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले छायाँ सरकारको प्रधानमन्त्रीमा समेत आफ्नो दाबी नछोड्ने भएका छन् । अहिलेसम्म छायाँ सरकारको अभ्यासका गर्ने सन्दर्भमा अनौपचारिक छलफल मात्रै भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सरकारले विधेयकहरु संसदमा पेश गर्न थालिसकेकाले कांग्रेसले छिट्टै आन्तरिकरुपमा पनि कसले कुन मन्त्रालय र मन्त्रालय अन्तरगतको पनि समितिको जिम्मेवारी लिने भन्ने टुङ्गो लगाउने उनले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help