‘नेपाल भ्रमण वर्ष २०२०’ वेल्समा लामो दूरीको पैदलयात्रा

श्रावण २२, ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रर्वद्धन हेतु शनिबार संयुक्त अधिराज्यको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ।

‘हाइक फर नेपाल’ नामक कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो। करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालौं’ नारा दिइएको थियो। वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ। नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेयता विदेशमा रहने नेपालीहरुको प्रयासमा भएको यो सम्भवतः पहिलो कार्यक्रम थियो।

बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गर्दै यसैकारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए। यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्व मेयर लगायत बेलायतीहरुको समेत कार्यक्रममा बाक्लो उपस्थिति थियो।setopati

प्रतिक्रिया दिनुहोस्

cheap essay help