जहाँ दैनिक १७५ मानिसको हुन्छ हत्या

जहाँ दैनिक १७५ मानिसको हुन्छ हत्या

मंसिर १९, ब्राजिलमा दक्षिणपन्थी नेता जेयर बोल्सोनारो केही समयअघि मात्र राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । निर्वाचन प्रचारको क्रममा बोल्सोनारोले आफ्नो देशको अपराधमा कानुनमा केही महत्वपूर्ण परिवर्तन गर्ने बताएका थिए ।निर्वाचनमा जित हासिल गरेसँगै उनले मानिसहरुलाई हतियारको प्रशिक्षण दिन सुरु गरेका छन् । बोल्सोनारोले सामान्य (सभ्य) मानिसहरुलाई बन्दुक दिन प्रशिक्षण पनि सुरु पनि गरिसकेका छन् । यस्तोमा ब्राजिलका मानिसहरुले पनि निकै चासोका साथ प्रशिक्षण सुरु गरेका छन् ।

अत्यधिक मात्रामा हुन्छ अपराध

ब्राजिलियम फोरम अन पब्लिक सेफ्टीका अनुसार गत वर्ष देशमा दैनिक १७५ जना मानिसहरुको हत्या भएको थियो । यसलाई मध्यनजर गर्दै बोल्सोनारोले प्रहरीलाई बढी अधिकार दिनुपर्ने विषयमा वकालत गर्दै आएका छन् । बोल्सोनाराले मुलुकमा कम हतियार भएर सुरक्षित हुन्छ भन्ने मान्यता गलत साबित हुँदै गएको बताएका छन् । हतियारमा जति कडाइ गरिए पनि अपराधीको हातमा बन्दुक पुग्ने भएकोले सर्वसाधारण मानिसहरुलाई बन्दुक थमाइनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.