गोक्यो तालमा डुबेका तिन विद्यार्थी भेटिएनन्

श्रावण २२, सोलुखुम्बुको गोक्यो तालमा पौडी खेल्ने क्रममा गत शनिवार बेपत्ता भएका तीन बालकको अवस्था अझै अज्ञात छ ।

शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका पेम्बादोर्जी शेर्पा, पेम्बानुरु शेर्पा र सुनिल बराईली छन् । उनीहरु कक्षा ९ मा अध्ययनरत छन् । शैक्षिक भ्रमणका लागि गएका उनीहरु नुहाउने क्रममा शनिबार बिहान आठबजेतिर तालमा डुबेका थिए ।

विद्यालयबाट शुक्रबार अध्ययन भ्रमणका लागि ३३ जनाको टोली गोक्यो गएको थियो । 

प्रतिक्रिया दिनुहोस्