कागबेनीदेखि तिरी जोड्ने काठेपुल कालीगण्डकी नदिले बगायो

श्रावण २२, हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएको छ। नदीको सतह बढेसँगै कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनीदेखि तिरी जोड्ने काठेपुल सोमबार साँझ  कालीगण्डकी नदिले बगाएको छ। 

उक्त पुल संञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तिरीका करिव १५ घरधुरी लाभान्वित भएका थिए। पुल संञ्चालन भएपछि साङता हुदै डोल्पा जान, कागबेनी र तिरीका स्थानीयलाई सहज भएकव थियो। तिरी जानलाई मोटरसाईकल यात्रा गर्न, चौपाया चरन तथा पर्यटकहरु बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जान पनि सहज भएको पुल वगाउँदा स्थानियहरु मारमा परेका छन्।  

नदीले पुल बगाएपछि तिरी गाउँका स्थानियहरु, कागबेनीका कृषकहरुलाई, डोल्पा जाने यात्रुहरु, बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जाने पर्यटकहरुलाई पुर्ण रुपमा प्रवाभित भएको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचनले बताए। पुल निर्माणको लागि तत्कालै प्राविधिक खटाई, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गररि पुन निर्माण गरिने सांसद तुलाचनले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help