आज पुर्वका नौ जिल्ला बन्द

श्रावण २२, राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार पूर्वमा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् ।

बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् । एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help