साउदी युवराज दोस्ती र सम्पत्तिको लागि विश्वभर चिनिन्छन्

साउदी युवराज दोस्ती र सम्पत्तिको लागि विश्वभर चिनिन्छन्

मंसिर १८, साउदी युवराज मोहम्मद बिन सलमान साउदीमा आफ्नो प्रभाव बढाउने र मुलुकलाई विश्वमा चिनाउने दिशामा लागेका छन् । यस्तोमा उनी पछिल्लो समय निकै चर्चित पनि बनेका छन् । केही दिनअघिमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनीसँग भेटवार्ता गरेका थिए ।

साउदी युवराज दोस्ती तथा सम्पत्तिको लागि विश्वभर चिनिन्छन् । एक वेबसाइटका अनुसार सालमानको सम्पत्ति करिब ३ सय खर्बको छ । विश्वको सबैभन्दा धेरै तेल निर्यात गर्ने मुलुक भएको कारण पनि उनको सम्पत्तिमा तीव्र गतिमा बढिरहेको छ । सन् २०१५ मा साउदी शाह अब्दुल्लाहको ९० वर्षको उमेरमा निधन भएसँगै शाह सलमानले गद्दी सम्हालेका थिए । त्यसको दुई वर्षपछि उनले आफ्ना भतिजालाई हटाउँदै युवराज बनाएका थिए । साथै उनलाई प्रधानमन्त्री पनि घोषित गरेका थिए ।

मोहम्मद बिन सलमान निकै विलासी जीवन मन पराउँछन् । केही वर्षअघि उनले माल्दिभ्समा आफ्नो जन्मदिन मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.