अदालतले राजपाक्षेलाई प्रधानमन्त्रीको हैसियत रुपमा काम नगर्न अन्तरिम आदेश

अदालतले राजपाक्षेलाई प्रधानमन्त्रीको हैसियत रुपमा काम नगर्न अन्तरिम आदेश

मंसिर १८, श्रीलंकाको अदालतले महिन्दा राजपाक्षेको प्रधानमन्त्रीको हैसियत खोसेको छ । सोमबार श्रीलंकाको अदालतले उनलाई प्रधानमन्त्रीको रुपमा काम नगर्न अन्तरिम आदेश दिएको हो ।

गत अक्टोबरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमासिंघेलाई पदबाट हटाउँदै राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । यससँगै श्रीलंकाका राजनीतिक संकट चुलिएको हो ।

चुलिँदो राजनीतिक संकटको बीचमा अदालतको महत्वपूर्ण निर्णय आएको हो । अदालतले राजपाक्षेलाई क्याबिनेट बैठक पनि बस्न नपाउने गरी आदेश जारी गरेको हो ।

गत महिना राजपाक्षेमाथि अविश्वासको प्रस्ताव लगाइएको थियो र सो प्रस्ताव पारित पनि भएको थियो । राजपाक्षेले भने बोलीको भरमा गरिएको प्रस्तावको निर्णय मान्य नहुने भन्दै सो निर्णय नमानी आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.