सबैभन्दा बढी मुद्दा शिक्षा र स्थानीय तहसँग सम्बन्धित

श्रावण २२, सबैभन्दा बढी मुद्दा शिक्षा र स्थानीय तहसँग सम्बन्धित रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी पर्ने गरेको छ । शिक्षा पछि भने स्थानीय तहसँग सम्बन्धीत मुद्दा बढी पर्ने गरेको सो कार्यालयको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा शिक्षासँग सम्बन्धीत तीन सय २१ मुद्दा दर्ता भएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । 

गत एक वर्षमा स्थानीय तहसँग सम्बन्धीत दुई सय एक मुद्दा परेको छ । स्थानीय तहसँग सम्बन्धित मुद्दामध्ये अधिकांस उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।

अख्तियारमा आर्थिक वर्ष २०७३/७४ मा पनि शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी र दोस्रोमा स्थानीय तहसँग सम्बन्धित मुद्दा परेको सो कार्यालयको तथ्यांकमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्