चीनले सोमबार आफ्नो पहिलो हाइपरसोनिक विमानको सफल परीक्षण

चीनले सोमबार आफ्नो पहिलो हाइपरसोनिक विमानको सफल परीक्षण

श्रावण २१, चीनले सोमबार आफ्नो पहिलो हाइपरसोनिक विमानको सफल परीक्षण गरेको छ । अहिले परीक्षण गरिएको विमानले परमाणु हतियार बोक्नुका साथै अहिले अमेरिकालगायतका क्षेत्रहरुले निर्माण गरिरहेको मिसाइल विरोधी रक्षा प्रणालीमा प्रवेश गर्नसक्ने बताइएको छ ।

चीनको एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्स (सीएएए)ले एक विज्ञप्ति जारी गर्दै सिङकोङ–२ र स्ट्यारी–२ को परीक्षण शुक्रबार गरिएको जानकारी दिएको हो । यो रकेटलाई सार्वनिक गरेपछि करिब १० मिनेटसम्म हावामा छाडिएको थियो ।

यो आफैं उड्न सक्षम रहेको थियो र यो अनुमान गरिएअनुसार नै आफ्नो स्थानमा गएर ल्याण्ड भएको थियो । । परीक्षणको क्रममा यो विमान ३० किलोमिटरसम्मको उचाइमा पुगेको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

cheap essay help