अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति

अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति
NEW YORK, NY - AUGUST 15: US President Donald Trump speaks following a meeting on infrastructure at Trump Tower, August 15, 2017 in New York City. He fielded questions from reporters about his comments on the events in Charlottesville, Virginia and white supremacists. (Photo by Drew Angerer/Getty Images)

मंसिर १६, विश्व व्यापारका दुई ठूला टाइकुन राष्ट्रहरु अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति भएको छ । जी–२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भएको वार्तामा अब दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने सहमति गरेका हुन् ।

अमेरिकाले ९० दिनका लागि नयाँ करको नीति निलम्बन गरिएको र यो समयभित्र वार्ताबाट समाधान खोजिने जनाएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार दुई नेताबीच साढे दुई घण्टा लामो भेटवार्तामा भएको थियो । दुई नेताबीच आगामी जनवरी १ देखि नयाँ कर थप नगर्ने सहमति भएको हो ।

भेटवार्ताका क्रममा दुवै देशका नेता सहकार्य गरेर अघि बढ्ने विषयमा एकमत भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.